संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले गर्यो आन्दोलनको घोषणा (हेर्नुस् के-के छन् कार्यक्रम)

काठमाडौँ। संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

बिहीबार दिउँसो राजधानीमा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । जसअनुसार पुस १० गते बिहान १० बजे सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने कार्यक्रम छ । त्यस्तै, शुक्रबार नै २ बजे पत्रकार सम्मेलन पनि आयोजना गर्ने जनाइएको छ ।

११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ ।

प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित प्रचण्ड-नेपाल समूहले पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ । राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

घोष्ट कार्यक्रमअनुसार पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।

त्यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *