बादल एक्लै ओलितिर, सल्लाहाकारबाट राजीनामा दिएर पथिक बबरमहल बैठकमा

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले राजीनामा दिएका छन् । गृहमन्त्री थापा ओली समूहमा लागेपछि असन्तुष्टि जनाउँदै सुवेदीले सल्लाहाकार पदबाट राजीनामा दिएका छन् ।

गृहमन्त्री थापा ओली समूहले आज बोलाएको बालुवाटार बैठकमा सहभागी भएका छन् । सुवेदी भने बबरमहलमा जारी प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी भएका छन् ।

सुवेदीले प्रचण्ड–नेपाल समूहको बैठमा सहभागी भएपछि थापाको सचिवालय र राजनीतिक सल्लाहकार नैतिकताका आधारमा छाडेको बताएका छन् ।

‘गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु’, सुवेदीले फेसबुकमा लेखेका छन्।

यसअघि थापा समूहका भनेर चिनिएका अधिकांश केन्द्रीय सदस्यहरुले संसद बिघटन गर्ने ओलीको कदमलाई पश्चगामी भन्दै ओलीलाई साथ् दिन नसकिने निष्कर्ष निकालेका थिए । उनीहरुले थापा ओलितिर लागे आफूहरुको साथ् नरहने चेतावनी दिएका थिए । आफ्नो समूहका सबै केन्द्रीय सदस्य प्रचण्ड-नेपाल समूहमा लागेपनि गृहमन्त्री थापा भने एक्लै ओली समूहमा लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *