टी–१० क्रिकेट : तीन नेपाली खेलाडी अनुबन्धित

काठमाडौँ। युनाइटेड अरब इमिरेट्स् (युएई) मा आयोजना हुने टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन् ।

बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको हो । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ । कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् ।

केसी र मल्ल भने पहिलो पटक विदशी लिग खेल्न लागेका हुन् । यसअघि टी–१० लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्काले खेलिसकेका छन् । खड्का यसपटक भने टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामा रहेका छन् ।

टी–१० लिग सन् २०२१ जनवरी २८ देखि शुरु हुनेछ । उक्त प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *