१३ किलोमिटर सडक पाँच वर्षमा पनि बनेन : ठेकेदारलाई नौ पटक पत्र

सिजा। नाग्म–गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर– हीरा नमिता जेभीलाई अन्तिम पत्र काटेको छ ।

कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न पटकपटकको निर्देशन अटेर गरेपछि जेभीलाई नवौं पटक पत्र काटिएको जानकारी दिए ।

शुरुआती विन्दु १३ किमीमा पाँच वर्षअघि शुरु गरिएको काम अझै सकिएको छैन । बीचैमा काम छाडेर गएको सो निर्माण कम्पनीलाई यही पुस २ गते काम गर्न भनी अन्तिम पत्र काटिएको कार्यालयले जनाएको छ ।

विसं २०७३ वैशाख १३ गते सो कम्पनीलाई पहिलो पत्र दिइएको थियो । सम्झौता रकम रु १० करोड १३ लाख आठ हजार १३० मध्ये रु सात करोड ९६ लाख १२ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।

कम्पनीका आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले काम शुरु गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *