नेकपा संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

बुधबार संसद भवन नयाँ वानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो । पार्टीका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले चयन गरेको हो ।

यसअघि संसदीय दलको नेतासमेत रहेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कारवाही गरेपछि प्रचण्ड दलको नेता चयन भएका हुन् ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि अध्यक्ष प्रचण्डले ठूलो आफूले जिम्मेवारी पाएको भन्दै लामो संघर्षपछि प्राप्त लोकतन्त्र र संसद जिवित राख्न तथा राष्ट्र र जनताको पक्षमा काम गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउने बताए ।
उनले सवैसँग सहकार्य गर्दै नयाँ सरकार गठन गर्नेमा आफ्नो ध्यान जाने पनि बताए ।

बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *