प्रचण्ड-नेपाल समूहको बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्य सहभागी

काठमाडौँ। राजधानीको बबरमहलमा जारी नेकपाको केपी ओलीइतर समूहको केन्द्रीय समिति बैठकमा दुई तिहाइ भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बोलाएको केन्द्रीय समिति बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको एक नेताले जानकारी दिए । ति नेताका अनुसार बैठकस्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पुस्तिकामा ३१० जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

यो संख्या नेकपाको आधिकारिक केन्द्रीय सदस्य संख्याको दुई तिहाइ बढी हो । अहिले नेकपामा ४४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको छ । आजै बालुवाटारमा सम्पन्न प्रधानमन्त्री ओली पक्षको केन्द्रीय समिति बैठकमा भने १२० जना केन्द्रीय सदस्य सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *