केपी ओलीले आफुलाई महाराजा ठाने :खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन् ।

बबरमहलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै कारण यतिबेला कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको टिप्पणी पनि गरे ।

प्रतिक्रियावादीहरुका एकपछि अर्को गढलाई तोड्दै आएको कम्युनिष्ट आन्दोलनले २०७२ सालको संविधानमार्फत प्राप्त उपलब्धि रक्षार्थ प्रभावकारी भूमिका खेल्नुपर्ने समय आएको चर्चासमेत उनले गरे ।

उनले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने दावी गरे । देशलाई अस्थिरतातर्फ लैजाने प्रयास हुन सक्छ भनेर नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने प्रावधान राखिएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *