नेकपा केन्द्रीय कमिटी बैठक शुरु, माधव नेपाललाई अध्यक्षमा प्रस्ताव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षले वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।

मंगलबार बसेको अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीइतर बहुमत स्थायी समिति सदस्यहरुको बैठकले बरिष्ठ नेता नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो । एक स्थायी कमिटी सदस्यले नेपाललाई अध्यक्षका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको जानकारी दिए ।

यस्तै, बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णयसमेत गरेको छ । प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक अहिले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसिरहेको छ ।

यसअघि ओली समूहको बैठक बालुवाटारमा बसेको थियो । बैठकले केन्द्रीय समिति बिस्तारलगायतका विभिन्न निर्णय गरेको छ । प्रचण्ड-नेपाल समूहले भने ओली समूहको निर्णयलाई अवैधानिक भनेको छ । केन्द्रीय समितिमा अल्पमतमा परेको समूहले गरेको निर्णय वैधानिक नहुने सो समूहको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *