ओलीद्वारा ११ सय ९९ सदस्सीय महाधिवेशन आयोजक समिति घोषणा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साविकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आफू पक्षीय केन्द्रीय समिति बैठकमा ओलीले १९७ जना पछि थप गर्ने गरी आयोजक कमिटी घोषणा गरेको बताइएको छ ।

यता, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षले पनि दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *