अन्तत: खुले बादल, ओलीले बोलाएको बैठकमा गएनन्

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर बादल अनुपस्थित भएका छन् । भर्खरै बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

नेकपामा विवाद शुरु हुँदादेखि नै बादल कुनैपनि पक्षमा नलागि तटस्थ रहँदै आएका छन् । उनी सोमबार पनि दुवै पक्षको भेलामा गएका थिएनन् ।प्रधानमन्त्री ओली समूहले भने बादल आफ्नो साथमा रहेको बताउँदै आएको थियो ।

सोमबार कुनै पनि पक्षको भेलामा नगएका उनले आफूपक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएका थिए । उक्त भेलाले संसद विघटन गर्ने ओलीको कदमको प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको थियो । भेलाका अधिकांश सहभागीहरुले ओलीको कदम प्रतिगामी र अलोकतान्त्रिक भएकाले उनलाई साथ् नदिन बादललाई सुझाव दिएको थियो ।

बादल प्रचण्ड-नेपाल समूहले आज दिउँसो १ बजेका लागि बोलाएको बैठकमा सहभागी हुने उनीनिकट नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *