बालुवाटारमा ओली समूहको बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले बोलाएको केन्द्रीय समिति बैठक बालुवाटारमा शुरु भएको छ । मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टा ढिला गरी भर्खरै शुरु भएको हो ।

ओलीले बोलाएको बैठकमा पूर्वमाओवादी निकट टोपबहादुर रायमाझी बालुवाटार पुगेका छन् । यस्तै मणि थापालगायत पनि बालुवाटार गएको बताइएको छ। उनीहरु नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह छाडेर ओलीतिर लागेका हुन् ।

नेकपामा विवाद शुरु हुँदादेखि नै तटस्थ रहँदै आएका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादल भने ओलीले बोलाएको बैठकमा गएका छैनन् । उनीनिकट नेताहरुले बादल प्रचण्ड-नेपाल समूहले बोलाएको बैठकमा सहभागी हुने बताएका छन् ।

बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।

ओलीले हठात संसद विघटन गरेपश्चात असन्तुष्ट बनेका प्रचण्ड-नेपाल समूहले पनि दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *