काँग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौँ। संसद बिघटनपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्वान गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न ४ः०० बजे बस्ने बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेतालाई बोलाइएको काँग्रेसले जनाएको छ ।

मन्त्रिपरिषद्ले आइतबार निर्णय गरेको प्रतिनिधिसभा विघट्नको सिफारिसअनुसार राष्ट्रपतिले सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकेकी थिइन् ।

संसद विघटन गर्ने सरकारको निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै ति दलहरुले देशव्यापी आन्दोलन सुरु गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *