संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

काठमाडौँ। नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको बिरोध गरेको छ ।

डिएलएले एक विज्ञप्ति जारि गर्दै राजनीतिक स्थायित्व र देशको समृद्धिका पक्षमा जाहेर भएको जनमत विपरीत जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गरिएको सिफारिस र निर्णयको विरोध गरेको हो ।

डिएलएका महासचिव लक्ष्मी दाहालले प्रतिनिधिसभा विघटनसंविधानसम्मत नभएको भन्दै देश र जनता कोरोना कहरले थिलथिलो भएको समयमा सरकारले देशलाई अनावश्यक भार पर्ने गरी मध्यावधि निर्वाचनमा धकेल्ने कार्य गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा संविधानको रक्षार्थ ठोस सङ्घर्ष गर्न एकताबद्ध र परिणाममुखी पहल र प्रयासका लागि सम्बन्धित सबैमा आह्वान पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *