ओलीले गणतन्त्रमाथि धावा बोले, कडा प्रतिवाद गरौँ : नेतृ भुसाल

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले संसद विघटन गर्ने सरकारको निर्णयलाई संविधान र गणतन्त्रमाथिको धावा भन्दै कडा प्रतिवाद गरेकी छिन् ।

संसद विघटनका लागि मन्त्रिपरिषदले सिफारिस गरेलगत्तै सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेतृ भुसालले प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र र गणतन्त्रमाथि धावा बोलेको टिप्पणी गरेकी हुन्  ।

उनले ओलीको कदमलाई पुस १ गतेको पुनरावृत्ति भन्दै सशक्त प्रतिरोध गर्न आव्हान पनि गरेकी छिन् ।

‘संविधान, लोकतन्त्र र गणतन्त्रमाथिको धावा मुर्दावाद !, २०१७ साल पुष १ गतेको पुनरावृत्तिको सबैले विरोध गरौँ’, उनले भनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *