संसद विघटन गर्ने सरकारको सिफारिसपछि नेकपाका शीर्ष नेता छलफलमा

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि आगामी रणनीति तय गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरू छलफलमा जुटेका छन् ।

आज बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस गराएका थिए । उक्त सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिनिवास पुगिसकेका छन् ।

प्रधानमन्त्रीको उक्त कदमलाई लिएर नेकपाका नेता-कार्यकर्ताहरुले बिरोध जनाइरहेका छन्। सोही विषयमा छलफल गर्न प्रचण्डलगायतका नेताहरू जुटेको नेकपा स्रोतले जनाएको छ ।

छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय खनाल र नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *