ओली कदमको शसक्त प्रतिवाद हुन्छ : नेपाली काँग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने प्रस्तावको शसक्त प्रतिवाद गर्ने जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत धाराण व्यक्त गर्दै प्रधानमन्त्री ओलीको अधिनायक बन्ने आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याउने बताएका छन् ।

‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौँ। अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ।’ शर्माले भनेका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।कांग्रेसका अन्य नेताहरुले पनि संसद बिघटन गर्ने ओलीको निर्णयको विरोध गरिरहेका छन् ।

सत्तारुढ नेकपामा पनि ओलीको यस कदमलाई लिएर तिब्र असन्तुष्टि देखिएको छ। यसले नेपाली राजनीतिमा नयाँ मोड ल्याइदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *