संसद विघटनको सिफारिस असंवैधानिक : पौडेल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रिपरिषदबाट संसद विघटनको प्रस्ताव हुनु संविधान विपरित भएको प्रतिक्रिया दिएका छन् । संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको बताउँदै उनले यो कदम लोकतन्त्रको मर्म र राष्ट्रहीत विपरीत भएको धारणा राखेका छन् ।

‘यो संविधान विपरीत छ,लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ।’ उनले ट्वीटरमा लेखेका छन् ‘अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन। यो फिर्ता गर्नु पर्दछ।’

पौडेलले यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गरेका छन् ।

कांग्रेसका नेता मिनेन्द्र रिजालले पनि संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्। नेता रिजालले बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *