प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन् ।

ओलीको यो असंवैधानिक कदमले मुलुकलाई अस्थिरता र द्वन्द्वतिर धकेलिएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भित्रको झगडा मिलाउन शीर्ष नेताहरुबीचको शनिबार भेटवार्ता तीव्र बनेको थियो । शनिबार दिनभरजसो नै प्रधानमन्‍त्री तथा अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु एकल र संयुक्त भेटवार्तामा व्यस्त रहेका थिए । छलफलमा कुरा मिल्न नसकेपछि नेकपाको विवाद थप तनाबपूर्ण बनेका बेला प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद विघटनको कदम चालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *