खुमलटारबाट निस्किएका ओली बादल निवासमा

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निस्के लगत्तै गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेट्न पुल्चोक पुगेका छन् ।

करीव डेढ घण्टा कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटेर खुमलटारबाट निस्किएका प्रधानमन्त्री ओली त्यहाँबाट सिधै पुल्चोकस्थित मन्त्रीक्वाटर छिरेका थिए । ओली र बादलबीच एक्लाएक्लै छलफल भएको स्रोतले जनाएको छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले भेटघाटलाई तिब्रता दिएका हुन् । नेकपामा ओलीको कार्यशैलीलाई लिएर तिब्र विवाद छ। सरकार संचालनमा एकलौटी गरेको, पार्टीको निर्णयलाई चुनौती दिएको र पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै ओलीसंग अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्य रुष्ट छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *