स्वास्थ्य सामग्री खरिद प्रकरण :अनियमितता भएको लेखाको निष्कर्ष, थप छानविनको जिम्मा अख्तियारलाई

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

खरिद पक्रिया नियमसंगत नभएको निष्कर्षसहित समितिले थप छानबिन गरि कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय भएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समिति यस्तो निर्णयमा पुगेको हो । मन्त्री ढकालले भने हतारमा सामग्री ल्याउनुपर्ने अवस्थामा स्वास्थ्य सामग्री ल्याउँदा महँगो मूल्य पर्न गएको जिकिर गरेका थिए । उनले मन्त्रालयले सामग्री खरिदमा कुनै अनियमितता नगरेको दावी गरेका थिए ।

समितिको निर्देशनसँगै ९ महिनादेखि लेखा समितिमा चल्दै आएको स्वास्थ्य सामाग्री खरिद प्रकरणको बहस सकिएको छ । समितिको महिनौंको छलफलले पनि दोषी को हो भन्ने सम्बन्धमा कुनै निर्णय गर्न भने सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *