१२ जिल्लाका सीडीओको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । सहसचिव र उपसचिव गरी १८ जनामा १२ जनालाई सिडिओमा र बाँकीलाई अन्य ठाउमा सरुवा गरिएको हो  ।

सरुवा हुनेमा ललितपुरका सीडीओ पनि छन् । गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन्। यसअघि ललितपुरका सीडीओ रहेका नारायणप्रसाद भट्ट वागमती प्रदेशेको सचिव भएका छन् ।

त्यसैगरी, धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमली महोत्तरी पठाईएका छन् भने धनकुटामा गृहबाट बासुदेव दाहाल सीडीओका रुपमा पुगेका छन् । रामेछापकी रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ भने पाँचथरका अर्जुनकुमार शर्मा रामेछापको सीडीओ बनेका छन् । खोटाङका शालिग्राम शर्मा पौडेल गृह मन्त्रालय तानिएका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी (उपसचिव) कृष्णबहादुर कटुवालको कारागार झुम्का, वसन्तराज पुरीको इलाका प्रशासन कार्यालय इटहरी, पुण्य ढकाल पाँचथर सरूवा पुगेका छन् । पाँचथरमा यसअघि सहसचिव सीडीओ हुँदै आएकोमा यसपटक भने गृहले उपसचिवलाई नै सिडिओ बनाएर पठाएको छ ।

डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भोजपुरका प्रजिअ बसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय, कटारी सरुवा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *