चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु

काठमाडौँ। बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीका ३७ वर्षीय लालबहादुर विकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए । आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *