बिहीबार नेप्सेमा दोहोरो अङकको गिरावट

काठमाडौँ। साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार पनि ओरालो लागेको नेप्से आज पनि दोहोरो अङ्कले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.७० बिन्दुले ओरालो लागेर २०३२।५१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०४ बिन्दुले घटेर ३८५.९४ मा पुगेको छ । आज कूल १९५ कम्पनीको एक करोड ४१ लाख १४ हजार ४६० कित्ता शेयर रु ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज लघुवित्त उपसमूहको शेयर मात्रै उकालो लागेको छ । सो उपसमूह भने ९.२८ ले उकालो लागेको हो । त्यस्तै, बैंकिङ ११.४, व्यापार ५८.०१, होटल ३२.०६, विकास बैंक १६.६८, जलविद्युत् २७.३६, वित्त ८.३९, निर्जीवन बीमा १३५.५९, उत्पादन ३५.१, अन्य ३२.४५, जीवन बीमा २७४.२७ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८० करोड २५ लाख ८३ हजार ६५ बराबरको कारोबार भयो ।

यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५५ करोड ४० लाख ३३ हजार ४१८, नेपाल बैंक लिमिटेड रु ३७ करोड ८७ लाख ६५ हजार ७४३, नागरिक लगानी कोष रु २६ करोड १७ लाख ३५ हजार ७१५, नेशनल लाइफ इन्स्योरेन्स रु २४ करोड ५३ लाख १८ हजार ३४९, एनआइसी एशिया बैंक रु २३ करोड ८६ लाख ११ हजार १६४, शिखर इन्स्योरेन्स कम्पनी रु १६ करोड ९१ लाख १२ हजार ९२८ र हिमालयन डिस्टिलरी रु १६ करोड ७५ लाख १८ हजार ७१७ बराबरको कारोबार भई शीर्ष स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *