अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । अध्यादेश फिर्ता नभएकै अवस्थामा बिहीबार साँझ ५:३० बजेका लागि परिषद बैठक बोलाएका हुन् ।

मंगलबार राष्ट्रपतिद्वारा अध्यादेश जारी भएसंगै चौतर्फी आलोचना भएपछि बुधबार (हिजो) नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले आज परिषद्को बैठक बोलाएका हुन् ।

नेकपा बैठकले सरकारले जारी गरेको अध्यादेश सर्वसम्मत फिर्ता लिने निर्णय गरेसँगै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता लिन सहमति जनाएका थिए ।

अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट नआएका बेला प्रधानमन्त्री ओलीले बैठक बोलाएपछि शंकाका दृष्टिले हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *