किसानका बारीमा कृषिमन्त्री 

काठमाडौँ। कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषिमन्त्री बिमला केसीले किसानका खेतबारीमै पुगेर उनीहरुका समस्या समाधान गर्न शुरुआत गरेका छन् ।

यसक्रममा उनले हालै नारायण नगरपालिका– ३ मा रहेको ताराकेशर धमलाको घाँसखेती, बाख्रापालन र कुखुरापालनको अवलोकन गरिन् । सोही क्रममा वडा नं ११ मा कृषि सहकारी तथा अन्य कृषकका खेतीको समेत अवलोकन गरिन् ।

किसानको मेहनतलाई प्रदेश सरकारले खेर जान नदिने जानकारी दिँदै मन्त्री केसीले किसानलाई व्यावसायिक बन्न आग्रह गरिन् । सो अवसरमा उनले कर्णाली प्रदेश सरकारले साना व्यावसायिक किसानलाई बैंकमार्फत ब्याज अनुदानको कार्यक्रम ल्याएको जानकारी दिइन् ।

उनले न्यून आए भएका, जग्गाजमिन धितो राख्न नसक्ने गरिब र विपन्न किसानका लागि पनि सहकारीमार्फत ब्याज अनुदानको तयारी थालिएको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *