विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । मंगलबार जारी संवैधानिक परिषदसम्बन्धी आध्यादेशलाई लिएर पार्टीभित्रै चर्को आलोचना भएपछि ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।

स्रोतका अनुसार बालुवाटारमा महासचिव बिष्णु पौडेलसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको छलफलमा ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएका छन् ।

यसअघि नेकपाका नेता भिम रावल र पम्फा भुसाल संसद्को विशेष अधिवेशन माग गर्दै ८० जना सांसदहरुको हस्ताक्षर लिएर राष्ट्रपति निवास सितल निवास पुगेका थिए ।

अध्यादेश फिर्ता लिने सहमति जुटेसंगै संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति भएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *