अध्यादेशले संविधानको चीरहरण गरेको राप्रपाको ठहर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेशले संविधानको चीरहरण गरेको बताएको छ ।

राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले संवैधानिक परिषद सम्वन्धि अध्यादेश जारी गर्ने प्रक्रिया र अध्यादेशको विषयवस्तु दुवैले संविधानको चिरहरण गरेको ठहर गरेको हो ।

बैठकले अध्यादेशले संविधानको मर्म र भावनामाथि गम्भीर प्रहार गरेको भन्दै विरोध र भत्सर्ना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *