काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ ।
एक स्थायी कमिटी सदस्यका अनुसार बैठक दिउँसो स्थायी कमिटी बैठक शुरू भएको छ । उनले बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नभएको बताए ।
बैठकअघि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।
केही महिनायता आन्तरिक किचलोमा फसेको नेकपा मंगलबार प्रधानमन्त्री ओलीले एकाएक अध्यादेश ल्याएपछि थप विवादमा फसेको छ ।
स्थायी कमिटी बैठक चलिरहेका बेला पार्टीमा छलफल नै नगरी प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि विवाद थप चर्किएक बेला आजको स्थायी कमिटी वैठकलाई चासोका साथ् हेरिएको छ ।