नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यादेश र दुई अध्यक्षको प्रतिवेदन बैठकको कार्यसूची

काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकअघि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

अध्यक्षद्वयबीच पार्टीभित्रको विवाद समाधानलगायत विषयमा छलफल भएको बताइएको छ । केही महिनायता आन्तरिक किचलोमा फसेको नेकपा मंगलबार प्रधानमन्त्री ओलीले एकाएक अध्यादेश ल्याएपछि थप विवादमा फसेको छ ।

स्थायी कमिटी बैठक चलिरहेका बेला पार्टीमा छलफल नै नगरी प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि विवाद चर्किएका बेला दुई अध्यक्षबीच छलफल भएको हो ।

स्थायी कमिटी बैठकमा हिजो जारी अध्यादेश र दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

एक स्थायी कमिटी सदस्यका अनुसार बैठक कक्षमा अध्यक्ष प्रचण्डलगायतका नेताहरु उपस्थित भैसकेका छन् । प्रधानमन्त्री ओली भने अहिलेसम्म बैठकमा उपस्थित नभएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *