अध्यादेशप्रति काँग्रेसको टिप्पणी : हाम्रो प्रस्ट बिमति छ, समर्थन नखोज्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वकप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेश गलत भएकाले खारेजीको विकल्प नभएको बताएका छन् ।

अध्यादेश जारी भएलगत्तै मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रवक्ता शर्माले अध्यादेश ल्याउनु बिल्कुलै गलत भएको स्पष्ट पार्दै काँग्रेसको प्रस्ट विमति रहेको बताएका हुन् ।

उनले अध्यादेशमा समर्थन नखोज्न र खारेज गर्न आग्रह गरेका छन् । उनले ‘काम कुरो एकातिर कुम्लो बोकी ठोरी तिर ?’ प्रधानमन्त्री ओलीको काम कार्वाहीमाथि व्यंग्य समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *