वार्ताका लागि उखु किसानका दुई बुँदे सर्त

काठमाडौं । आन्दोलनरत उखु किसानहरुले सरकारसँग वार्ताका लागि दुई बुँदे सर्त अगाडि सारेका  छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि पत्र पठाएपछि उखु किसान संघर्ष समिति, सर्लाहीले सर्त राखेको हो ।

मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने संघर्ष समितिले सर्त राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *