जनताको माग र आवश्यकताअनुसार सरकारले काम गर्न सकेन :देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनमैत्री र प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्। नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौँडामा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जनताको माग र आवश्यकताअनुसार सरकारले काम नगरेको आरोप लगाएका हुन्।

उनले कोभिड–१९ को असहज परिस्थितिमा समेत सरकारले जनतालाई उचित उपचार र राहत दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

सभापति देउवाले भ्रष्टाचार रोक्न सरकारले प्रभावकारी कदम नचालेको पनि बताए ।

सोही सभालाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हरेक परिस्थितिमा कांग्रेसले जनताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनाउँदै कांग्रेसले सरकारले गरेको राम्रो काममा सहयोग गर्ने र जनताको विपक्षमा हुने काममा खबरदारी गर्ने उद्घोष गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *