अफगानिस्तानमा आतंकवादी हमला : ६ सुरक्षा अधिकारी मारिए

सिन्ह्वा । अफगानिस्तानमा भएको आतंकवादी हमलामा परी छ जना सुरक्षाकर्मीको मृत्‍यु भएको छ । आक्रमणमा परी अन्य तीन सुरक्षा अधिकारी घाइते भएका छन् भने तीन जना वेपत्ता भएका छन् ।

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार तालिबान लडाकू समूहले एक सुरक्षा जाँचचौकीमा गरेको आक्रमणमा परी कम्तीमा छ जना अफगान सुरक्षा बलको ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा स्थानीय समयानुसार सोमबार दिउँसो २ बजे सो आक्रमण भएको समाचारमा जनाइएको छ ।

आक्रमणको बेला भएको दोहोरो भिडन्तमा तालिबानतर्फ हताहत भएको तर यसको यकिन संख्या भने थाहा नभएको जनाइएको छ ।

राजधानी काबुलबाट २५० किलोमिटर उत्तरमा पर्ने कुन्दुज प्रान्त सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस आक्रमणको कुृनै टिप्पणी गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *