कोरोनाबाट थप १५ को मृत्यु

काठमाडौँ। नेपालमा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार ६८९ पुगेको छ ।

त्यस्तै ८९९ नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयले बितेको २४ घण्टामा पाँच हजार २४२ नमूना परीक्षण गर्दा ३५२ महिला र ५४७ पुरुष गरी ८९९ सङ्क्रमित थपिएको जनाएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा एक हजार ३५९ जना कोरोनामुक्त भएका छन् । कुल सङ्क्रमिमध्ये दुई लाख ३४ हजार २३१ कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *