‘विजय नजिकै आईसकेको छ’ – चिनिया कम्यूनिस्ट पार्टी

काठमाडौं । चिनिया कम्यूनिस्ट पार्टीको १९ औं केन्द्रीय समितिको हालै सम्पन्न पाँचौ पुर्ण विस्तारित बैठक (प्लेनम) ले आगामी १५ बर्षका लागि महत्वपुर्ण कार्यदिशा लिएको छ । सन् २०३५ सम्ममा जनवादी गणतन्त्र चीनलाई नवप्रर्वतनमा आधारित आधुनिक समाजमा विकास गर्न उक्त बैठकले खाका निर्धारण गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले समाचार सम्प्रेषण गरेका छन् ।

जस अनुसार चीन आगामी १५ बर्षका लागि नवप्रर्वतन, वास्तविक अर्थतन्त्र, दरिलो आन्तरिक बजार, ग्रामीण पुनरुत्थान, सूचना प्रविधि विकास, नविनतम औद्योगिकरण, आधुनिक कृषि, व्यवस्थित सहरीकरण र हरित विकासमा व्यापक रुपले केन्द्रीत रहने भएको हो ।

चीनले अब वातावरण मैत्री विकासलाई थप मजबुत पार्ने र कार्बन उत्र्सजनमा पनि अझ कमि ल्याउने प्रण गर्दै देशको साँस्कृतिक सफ्ट पावर अझ व्यापक बनाउने अवधारणा सारेको छ ।

सो बैठकले चिनिया कम्यूनिस्ट पार्टीको मुल नेत्तृवले १४औं  पञ्चवर्षीय योजनाका लागि तय गरेको ‘राष्ट्रिय आर्थिक र सामाजिक विकास’ र चीनको ‘दिर्घकालिन योजना’ पनि पारित गरेको छ ।

बैठकले नेताहरुले चीनलाई सबै दृष्ट्रिकोणबाट मध्यमस्तरको समृद्ध समाज निर्माणका लागि ‘विजय नजिकै आईसकेको’ निष्कर्ष निकाल्दै चीनलाई अब आधुनिक समाजवादी देशमा विकासमा अगाडि बढाउने प्रण लिएको भन्दै समाचार एजेन्सी सिन्ह्वाले एक टिप्पणी लेखेको छ ।

पुर्ण बैठकमा विगत पाँच बर्षमा हासिल भएका उपलब्धिहरुको बारेमा पनि चर्चा गरिएको थियो । स्मरण रहोस, सन् २०२० मा चीनको कुल ग्राहस्त उत्पादन १ सय ट्रिलियन युआन पुगेको छ भने ५ करोड ५७ लाख भन्दा धेरै ग्रामीण जनतालाई गरिबीको रेखाबाट माथि ल्याइएको छ ।

त्यसैगरि चीन अहिले विश्वकै सबैभन्दा वृहत सामाजिक सुरक्षा प्रणाली विकास गर्ने देश बनेको छ । यससँगै चीनले अब समाजवादी बजार अर्थतन्त्रका लागि थप सुधार र खुलापनको नीति अवलम्वन गर्नेछ र आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा ध्यान दिने भएको हो ।

आधुनिक समाजवादी मुलुक बनाउन भन्दै चीनले आउँदो ५ बर्षका लागि ‘डुअल सर्कुलेशन’ अर्थात विकासमा दोहोरो वितरणको आयाम अवलम्बन गर्नेछ ।

जानकारहरुका अनुसार चीनले लिएको पछिल्लो कदमले सो मुलुकको राष्ट्रिय सामथ्र्य ह्वात्तै माथि जाने र चौतर्फी विकासमा नयाँ फड्को लिदै विश्वव्यापी रुपमै चीन लिडरको रुपमा स्थापित हुनेछ ।

चिनिया कम्यूनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले उक्त सत्रमा बोल्दै चीनमा उच्च गुणस्तरको विकासका लागि आव्हान गरेका थिए ।

सन् २०२१ बाट शुरु हुने १४औ पञ्चवर्षीय योजनामा अन्तर्राष्ट्रिय सहयोग, बराबरी लाभमा आधारित सहकार्य, बेल्ट एण्ड रोड इनिसियटिभमार्फत सहकार्य र विश्वव्यापी आर्थिक शासन पद्दतिमा सुधार ल्याउने गरि कार्य गरिने पुर्ण बैठकमा प्रस्तुत दस्तावेजमा उल्लेख छ ।

यसका साथै, चीनले हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रहरुको शान्तिपुर्ण विकास र राष्ट्रिय पुनःएकिकरणमा आफ्नो प्रतिबद्धता दर्शाएको छ ।

नेपालका विज्ञको भनाई के छ ?

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा डा. गोविन्द पोखरेलका विचारमा चीनले आफ्नो १५ वर्षीय दिर्घकालिन लक्ष्य र १४औं पञ्चवर्षीय योजनामा केही पक्षमा बढी जोड दिएको देखिन्छ ।

९० को दशकको विश्वव्यापीकरणको मान्यता विपरित विभिन्न देशहरुमा नेत्तृव आइरहेको सन्र्दभमा चिनिया कम्यूनिस्ट पार्टीले ल्याएको दस्तावेजमा अन्तर्राष्ट्रिय बजारका साथसाथै राष्ट्रिय बजारमा ध्यान केन्द्रीत गरेको भन्दै डा. पोखरेलले चीनले नवप्रर्वतन र प्रविधिमा उल्लेख्यमात्रामा ध्यान दिएको छ भनेका छन् । ‘ग्रामीण अर्थतन्त्रलाई प्रविधियुक्त बनाउने र अबको विकास वातावरणसँगै जानेछ भन्ने अवधारणा सबैले सुन्न र देख्न लायक छ’, डा पोखरेलले थपे ।

डा. पोखरेलका अनुसार चीनको आगामी १५ बर्षको योजना धेरै हदसम्म वास्तविक र प्राप्तयोग्य छ ।

अर्थविद् डा. कल्याणराज शर्माले चीन नेपालको पुरानो र घनिष्ठ छिमेकी हुनुका नाताले पनि त्यहाँ हुने विकासले हाम्रो विकासको अवधारणालाई थप बलियो बनाउन मद्दत पुग्ने बताए । ‘चीनसगँ विकासमा सहकार्य र साझेदारीमार्फत लाभ लिन सकिन्छ । चीनको सिमाक्षेत्रमा हुने विकासले स्वतः नेपाललाई पनि लाभ पुग्छ । छिमेकी बलियो हुनुपर्छ भन्ने मायन्ता अनुसार पनि चीन जति बलियो भयो हामीलाई त्यति नै फाइदा पुग्छ । यसले संसारमा आशा जगाएको छ,’ डा शर्माले बताए ।

त्यसैगरि पूर्व राजदूत एवं परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले उक्त पुर्ण बैठकले आधुनिक चीन निर्माणको दिशामा अघि बढ्ने बाटो तय गरेको विचार राखे । ‘अब चीनले अमेरिकासँग रहेको विकासका ग्यापहरु मेट्ने छ । यो बैठकको निहित उद्देश्य अमेरिकालाई चीनले उछिन्ने भन्ने नै देखिन्छ’, श्रेष्ठले विश्लेषण गरे । पहिलाभन्दा यसपटक के फरक छ भने अहिले बाह्य बजारका साथै आन्तरिक बजारलाई बढावा दिने भनिएको छ जुन ज्यादै महत्वको हो, परराष्ट्रविद् श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *