काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ६ हजार ३५३ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या ३५ सय ३७ रहेको छ । मन्त्रालयका अनुसार योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको मन्त्रालयले जनाएको छ ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ८६ छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ ।