चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ। कोरोना संक्रमण भएर उपचार गराइरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको हो ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको स्वास्थ्य उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

निमोनियाबाट पीडित केसी मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत छन् । बुधबार केसीको स्वास्थ्य गम्भीर रहेको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति निकालेर जानकारी गराएका थिए ।

केसीलाई कोरोना संक्रमण रहेको बुधबार पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका उनको पीसीआर परीक्षणको क्रममा पोजेटिभ रिपोर्ट आएको थियो ।

केसीको स्वास्थ्य अवस्था गम्भीर रहेको र कही समय अस्पतालमा राखी उपचार गर्नुपर्ने भएको राष्ट्रिय जनमोर्चाले जनाएको थियो । पार्टीको केन्द्रीय कार्यालयले बुधबार नै एक सूचना जारी गरी केसीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गर्न अपिल पनि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *