ट्रम्प समर्थक र विरोधीबीच झडप : झण्डा जलाउदै एक ‘प्रदर्शनकारीले मुटु खाए’

अमेरिकाको बोस्टन शहरमा राष्ट्रपति ट्रम्प समर्थक र बिरोधि प्रदर्शनकारीहरु आमने-सामुन्ने भएको समाचार छ। राष्ट्रपति ट्रम्प बिरोधिहरुले अमेरिकी झण्डा, ट्रम्पको पुत्ला र मागा ह्याट (मेक अमेरिका ग्रेट अगेन ह्याट) जलाएका थिए। उनीहरुले उक्त कार्यको छायांकन गरेको र ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउनुपर्ने नारासमेत लगाएका थिए।

गत आइतबार बोस्टनको कोप्ली स्क्वाएरमा दुई परस्पर समूहबीच जम्काभेट भएको थियो। दुवैतर्फ गरि करिब एकहजार प्रदर्शकारीहरु रहेको जनाइएको छ।

‘सुपर ह्याप्पी फन अमेरिका’ ग्रुपले ट्रम्पको समर्थनमा ‘पिसफुल प्रोटेस्ट अगेन्स्ट डेमोक्र्याट भ्वाइलेन्स’ भन्ने निहुँमा प्रदर्शन गरेको थियो। सो समूह सन् २०१९ मा ‘स्ट्रेट प्राइड परेड’ कालागि समेत जिम्मेवार थियो।  सुपर ह्याप्पी फन अमेरिका (एसएचएफए) दक्षिणपन्थी नवनाजी समलिंगीहरुको समूह हो।

यो समूहले आफ्नो राजनैतिक बिरोधिहरुले मच्चाएको ‘हिंशात्मक क्रियाकलाप’ को प्रतिरोध गर्न आफ्ना समर्थकहरुलाई आह्वान गर्ने गर्छ।

‘हामीहरु डेमोक्र्याटहरुले मच्चाएको हिंशात्मक क्रियाकलापको बिरोध गर्न यहाँ शान्तिपूर्ण तरिकाले भेला भएका हौँ’, जोन ह्युगो नामका एक एसएचएफए एक्टिभिश्टले भने।।

‘तपाईहरुले देख्नुभयो नि डेमोक्र्याटहरु यहाँ ठूलो शक्तिका साथ् जम्मा भएका छन् र हाम्रो वाकस्वतन्त्रतामाथि हस्तक्षेप गर्न चाहन्छन्’, उनले अगाडि भनेका थिए।

अर्कोतर्फ सोलिडारिटी अगेन्स्ट हेट-बोष्टन, द फ्रीडम फाइटर कोलिसन लगायतका संगठनहरुले ‘किक फासिष्ट आउट अफ बोष्टन’ भन्ने नारासहितको प्रतिरोधी जुलुस निकालेका थिए।

प्रतिरोधी जुलुसका सहभागीहरुले राष्ट्रपतिको पुत्ला जलाई रहँदा एक प्रदर्शनकारीले ट्रम्पले चुनावमा धाँधली गरेर नतिजा आफ्नो पक्षमा पार्न खोजेको आरोप लागाएका थिए।

एक ठाउँमा अमेरिकी झण्डा जलाइदै थियो भने एकजना प्रदर्शनकारीले मुटुबाट रगत पिइरहेको देखिन्थ्यो। तर मुटु साँच्चिकै थियो कि नक्कली भन्ने तथ्य भने अज्ञात रहेको छ।

हातहतियार सहितका राज्य तथा बोष्टनका स्थानिय प्रहरीहरुको भारी उपस्थिती हुँदाहुदै पनि दुई समूहबीच मध्यान्हमा झडप भएको बताइन्छ। दुवै पक्षका प्रदर्शनकारीहरुलाई अलग पार्न प्रहरीले हस्तक्षेप गर्नु परेको थियो।

ट्रम्प बिरोधि प्रदर्शनकारीहरुले प्रहरीहरुमाथि आक्रमण गरेकाले दुई जनालाई गिरफ्तार गरिएको छ। तर ट्रम्प समर्थकहरुलाई भने सुरक्षाकर्मीले स्कर्टिङ्ग गर्दै बाहिर लगेर कोप्ली स्क्वाएर खालि गराएका थिए। एजेन्सी 

झडपको भिडियो 

https://www.youtube.com/watch?v=FFR6E6eMRZ0&feature=emb_logo

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *