बोलिभियामा पुन: वामपन्थको वापसी

दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी उम्मेदवार बिजयी हुने लगभग निश्चित भएको छ। गत अक्टोबर १८ तारिखका दिन भएको सो निर्वाचनको एक्जिट पोलले देखाएको नतिजा अनुसार वामपन्थी उम्मेदवार लुइस आर्सेले पहिलो राउण्डकै मतदानबाट स्पष्ट बहुमत प्राप्त गर्ने देखिएको छ।

भुतपूर्व राष्ट्रपति इभो मोरालेसको पार्टी मुभमेन्ट फर सोसिलिज्मबाट उम्मेदवार बनेका आर्सेले बिजयी हुन आवश्यक ५० प्रतिशत भन्दा बढी नै मत प्राप्त गरेको संकेत गत सोमबारको एक एक्जिट पोलको परिणाममा देखिएको छ।  एक्जिट पोल चुनाव पश्चात मतदाताहरुबाट लिइएको उनीहरुले कसलाई मतदान गरे भन्ने कुराकानीको आधारमा अनुमान गरिन्छ।

चुनावअघि हुने ओपिनियन पोलले वामपन्थी उम्मेदवार आर्सेको पक्षमा नतिजा जाला भन्ने अनुमान गरेको थिएन।  तसर्थ चुनाव दोश्रो चरणमा प्रवेश गर्ने भविष्यवाणी गरिएको थियो।

वामपन्थी उम्मेदवार आर्सेको मध्यदक्षिणपन्थी पूर्वराष्ट्रपति कार्लोस मेसासंग प्रतिष्प्रर्धा भएको थियो। मेसाले ३१.५ प्रतिशत मतसहित दोश्रो स्थान ओगट्ने देखिएको छ।

जनसमर्थनका लागि अनुग्रहित हुँदै आर्सेले ‘बोलिभियाले प्रजातन्त्र पुन:प्राप्त गरेको’ ट्वीटर संदेश दिएका छन्। उनले राजधानी लापाज़मा समाचारदाताहरुसंग बोल्दै भनेका छन्, ‘अब हामि परिवर्तनका कामहरु कुनै विभेद बिना फेरी शुरु गर्नेछौं। ‘

‘हामीहरुले बिगतका गल्तिहरुबाट धेरै सिकेका छौं र अब ति गल्ति दोहोर्याउने छैनौ’, उनले अगाडि भनेका छन्।

आर्से पूर्वराष्ट्रपति इभो मोरालेसका उत्तराधिकारी हुन्। मोरालेस अहिले अर्जेन्टिनामा राजनैतिक शरण लिएर बसेका छन्। उनले त्यहाँबाटै आर्सेको विजयले बोलिभियामा स्थिरता, शान्ति, प्रगति र स्वतन्त्रता ल्याउने बताएका छन्।

आर्सेको विजयले मोरालेसको बोलिभिया शिघ्र वापसीको सम्भाबनालाई पनि बढाएको छ। आर्से मोरालेसको सरकारमा अर्थमन्त्री रहिसकेका व्याक्ति हुन् ।

गतवर्ष मोरालेस राष्ट्रपतिको लागि चौथोपटक बिजयी बनेपछी उनीबिरुद्ध प्रदर्शनहरु भएका थिए। सेना र प्रहरीले उनलाई साथ् नदिएपछि उनी मेक्सिकोतर्फ पलायन भएका थिए।

मोरालेसले नै समाजवादी आर्सेलाई राष्ट्रपति पदका लागि उठ्न जोड गरेका थिए। उनैले इलेक्सन क्याम्पेनका लागि अर्जेन्टिनाबाटै सल्लाह पनि दिइरहेका थिए।

‘सबै तथ्यांकहरुले समाजवादतर्फको आन्दोलन बिजयी भएको संकेत गरेको छन्अ’,र्जेन्टिनाको राजधानी ब्युनोस एरिजमा आयोजित एक प्रेस कन्फरेन्समा मोरालेसले प्रतिक्रिया व्यक्त गरेका थिए।

(एजेन्सीहरुको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *