उपत्यकामा थपिए एक हजार ६९८ संक्रमित

Last Updated Date:

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप एक हजार ६९८ जना नयाँ संक्रमित भेटिएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा एक हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौँमा एक हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् । उपत्यकामा जारी निषेधाज्ञा हटेसंगै संक्रमितको संख्या लगातार बढिरहेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ९४२ नयाँ संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । योसंगै देशभर संक्रमितको कूल संख्या एक लाख ३२ हजार २४६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ । जसमध्ये १२ हजार ९३३ जना संस्थागत आइसोलेशनमा छन् भने २६ हजार ४०८ जना होम आइसोलेशनमा रहेका छन् ।

यस्तै गत २४ घण्टामा एक हजार ५०३ जना संक्रमणमक्त भएर घर फर्केका छन् । संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको कूल संख्या ७८ हजार ७८० पुगेको छ ।

२४ घण्टामा देशभर दुई हजार ३२६ जना निको भएर घर फर्किएका छन् । योसँगै देशभर ९२ हजार १६६ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top