काठमाडौँ । कोरोना संक्रमण तिब्र रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९४२ संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका सहित देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३४१ पुगेको जानकारी दिए ।
जसमध्ये १२ हजार ९३३ जना संस्थागत आइसोलेशनमा छन् भने २६ हजार ४०८ जना होम आइसोलेशनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पिसिआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३२६ जना निको भएर घर फर्किएका छन् । योसँगै देशभर ९२ हजार १६६ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।