अस्पतालमा बेड नपाएपछि होम आइसोलेशनमा मृत्यु

Last Updated Date:

काठमाडौँ। अस्पतालले भर्ना नलिएपछि धरानमा एक संक्रमितको होमआइसोलेशनमा मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको आइतबार घरमै निधन भएको हो ।

८३ वर्षीय वृद्धा कोरोना सङ्क्रमित भएपछि छोरीको घरमा आइसोलेशनमा बसिरहेकी थिइन् । शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि प्रतिष्ठानमा लगिए पनि शय्या अभावमा भर्ना नगरी घर फर्काइएको थियो । घर फ़र्काइएको केही समयपछि वृद्धाको मृत्यु भएको थियो ।

उनलाई दुई दिनअघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

अहिले प्रतिष्ठानमा शय्या अभाव भएको जनाई सङ्क्रमितलाई भर्ना लिन छाडिएको छ । भेन्टिलेटर भएको १० शय्या भए पनि ६ वटाले काम गरेका छैनन् । वृद्धाको शव स्वास्थ्य सुरक्षा मापदण्डानुसार नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top