चितवनमा कोरोना सङ्क्रमणका कारण अर्का जनप्रतिनिधिको मृत्यु

Last Updated Date:

काठमाडौँ। चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । वर्षीय ४९ पाण्डे क्यान्सर रोगबाटसमेत पीडित थिए ।

उनको भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

आईसोलेसनमा रहेका पाण्डेलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । उनलाई खोकी र श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो। क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा उनको मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखि उनको उपचार भईरहेको थियो ।

पाण्डे नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । यसअघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top